Breaking News

गण्डकी बहु प्राबिधिक शिक्षालयले पदपुर्तीका लागि निकालेको बिज्ञापन प्रती समाजवादी बिद्यार्थी युनियनको ध्यानाकर्षण


समाजवादी बिद्यार्थी युनियन गण्डकी प्रदेश समितीले पोखरा माहानगरपालिकाले संचालन गरेको गण्डकी बहु प्राबिधिक शिक्षालयले पदपुर्तीका लागि निकालेको बिज्ञापन प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय सचिब तथा गण्डकी प्रदेश अध्यक्ष रेशम सापकोटाले एक बिग्ज्ञप्ति जारी गर्दै उक्त बिज्ञापन प्रक्रिया प्रती गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

पोखरा माहानगरको मातहतमा संचालित उक्त शिक्षालयले गत २७ गते बैठक बसी आज ३० गते सम्मको मिति तोकेर १जना निर्देशकको लाई आवेदन माग गरि बिज्ञापन खुलाएको थियो ।

यस्तो महामारीका बेला मान्छेलाई आवतजावत मै समस्या भैरहेको अवस्थामा २ दिनको म्याद राखेर बिज्ञापन खोल्नु मै गलत नियत रहेको संगठन
ले जनाएको छ ।

आफ्नो मान्छे नियुक्त गर्नका लागि पोखरा माहानगरले खुल्ला प्रतिस्पर्धा लाई लत्याउदै २ दिनको समय राखेर बिज्ञापन खुलाएको बताए ।

पोखरा महानगर विभिन्न काण्डमा मुछिएर अस्तब्यस्त भैरहेको भन्दै यो प्रक्रिया खारेज गरि खुल्ला प्रक्रिया मार्फत पदपुर्ती गर्न बिग्ज्ञप्ति मार्फत माग गरेका छन ।

साथै संगठनले सबैको चासो र सरोकारको यो बिषयमा अहिलेको प्रक्रिया खारेज गरि खुल्ला प्रतिस्पर्धामा नगए जस्तोसुकै आन्दोलनमा जाने चेतावनी समेत विज्ञप्तिमार्फत दिएको छ।

थप ७ जना कोरोना संक्रमित भेटीए,संक्रमितको संख्या ४ सय ३४ पुग्यो

 

काठमाडौं ।
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ ।

प्रदेश कार्यालयका अनुसार पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ भने आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

सरकारी अस्पताललाई कोबिड हस्पिटल बनाएको विरोधमा लगातार सडक प्रदर्शन

 

 

२१ बैशाख
सरकारले वीरगन्जको नारायणी अस्पताललाई गते कोबिड १९ अस्पताल बनाएपछि त्यसको विरोधमा लगातार सडक प्रदर्शन भइरहेको छ । नारायणी अस्पताललाई सरकारले चैत ३० कोबिड १९ अस्पताल घोषणा गरेको थियो । कोबिड हस्पिटल घोषणा पछि बैशाख २ देखि नै नारायणी अस्पतालमा कोरोना संक्रमण बाहेकका अरु सबै उपचार र सेवा बन्द गरिएको छ ।

नारायणी अस्पतालबाट प्रदान हुने उपचार सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ । तर मेडिकल कलेजले सरकारको निर्देशन विपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो छ ।

सरकारले वीरगन्जको एक मात्र नारायणी अस्पताल बनाएपछि आर्थिक रुपमा कमजोर र मध्य वर्गीय बिरामीहरु उपचारबाट बन्चित भएको भन्दै सरकारको निर्णयको निरन्तर विरोध भइरहेको छ । कोबिड १९ हस्पिटल बनाइएको नारायणी अस्पताललाई पुन जनरल अस्पताल बनाउन माग गर्दै वीरगन्जमा २ साता यता निरन्तर प्रदर्शन भइरहेको छ ।

आइतबार नेपाली कांग्रेसले पनि लकडाउन जारी रहेकै बेला वीरगन्जको सडकमा उत्रिएर प्रदर्शन गरेको छ । काँग्रेसका नेता कार्यकर्ताले अस्पताल नजिकै मालपोत कार्यालय चोकको सडकमा आइतबार बिहान साढे ११ देखि १२ बजेसम्म ताली बजाएर प्रदर्शन गरेका हुन् ।

पर्सादेखि सर्लाहीसम्म ४ जिल्लाका बिरामीको उपचार हुने सरकारी अस्पतालको उपचार सेवा बन्द गरिँदा बिरामीहरु उपचार नपाएर समस्यामा परेको भन्दै काँग्रेसले आइतबार प्रदर्शन गरेको हो । कोबिड १९ हस्पिटलका लागि वैकल्पिक व्यवस्था गरेर नारायणी अस्पतालाई पूर्ववत अवस्थामा परिणत गरी सबै रोगको उपचार सेवा सन्चालन गर्नु पर्ने माग राखेर प्रदर्शन गरिएको काँग्रेस पर्साका सभापति अजय द्विवेदीले बताए ।

सरकारले कोबिड हस्पिटल तोकेदेखि नै वीरगन्जका जनता र संघस्ंथाले निरन्तर विरोध गरिरहँदा पनि सुनुवाइ नभएपछि जनताको आवाज मुखरित गर्न बाध्य भएर सडकमा उत्रिएको उनले बताए । ‘नारायणी अस्पताल जनताको अस्पताल हो, यहाँ आम जनताको उपचार हुनुपर्छ’, उनले भने,‘यदि सरकारले अब पनि जनताको यो आवाज सुनेन भने लकडाउन तोडेर ठूलो संख्यामा जनता सडकमा आउन बाध्य हुनेछन् ।’

नेपाल चिकित्सक संघले पनि कोबिड १९ अस्पताल बनाइएको नारायणी अस्पताललाई जनअपेक्षाअनुरुप पुन जनरल अस्पताल कायम गरी सबै रोगको उपचार सेवा सुचारु गर्न माग गरेको छ । नारायणी अस्पतालमा जनरल सेवा सन्चालन नहुँदा प्रसूती लगायत अन्य सेवाका रोगीहरु उपचार बिहीन बनेको र सरकारले विकल्प दिएको निजी अस्पतालले सरकारी अस्पतालको जस्तो सस्तो सुलभ र स्तरीय सेवा प्रवाह गर्न नसकेको जनगुनासो आइरहेकोले, नारायणी अस्पतालको जनरल सेवा सुचारु गर्नु पर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैशाख १३ गते पनि नारायणी अस्पतालमा पुन सबै रोगका बिरामीको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै वीरगन्जको आदर्शनगरमा स्थानीयले सडकमा निस्किएर थाल ठटाएर प्रदर्शन गरेका थिए । त्यसअघि जनता समाजवादी पार्टी र नेविसंघले पनि सडक प्रदर्शन गरेको थियो । सरकारले कोबिड १९ अस्पताल बनाएको नारायणी अस्पतालमा हाल कोरोनाका ९ जना संक्रमित उपचाररत छन् ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान

२१ बैशाख काठमाडौं 

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुबीच गोली दोहोरो भिडन्त भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् ।

दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो । पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए ।

जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको उनीहरुको थियो । दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो ।

सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो ।

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ

अछामको आईसुलेशनमा भर्ना गरिएकी एक महिलाको रहस्यमय मृत्यु

१८ बैशाख, अछाम ।
जिल्ला अस्पताल अछामको आईसुलेशनमा भर्ना गरिएकी एक महिलाको मृत्यु भएको छ ।

कोरोना आशंखामा बैशाख १५ गते आईसुलेशन वार्डमा भर्ना गरिएकी मंगलसेन नगरपालिकाका ५१ बर्षिय महिलाको आज बिहान रहस्यमय मृत्यु भएको हो ।

कोरोनाभाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आईसुलेशन वार्डमा उपचार सुरु गरिएको जिल्ला अस्पतालका डाक्टर शरदचन्द्र बरालले बताउनु भयो । यसअघि जिल्ला अस्पतालमा आरडिट परिक्षण गर्दा उनको नेगेट्भि रिपोर्ट आएको डाक्टर बरालले बताउनु भयो ।

साथै उनको स्वाब संकलन गरि सुर्खेत पठाईएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताउनु भयो ।

उनका अनुसार आज नै पिसिआर चेक जाँचका लागि स्वाब सुर्खेत पठाई सकिएकाले भोलिसम्म रिपोर्ट आईपुग्ने बताए ।

सुदुरपश्चिममा मात्र कोरोना संक्रमितको संख्या चार पुग्यो,

काठमाडौं,चैत २२ गते ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिममा भारतबाट आएका तिन जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

संक्रमित हुनेमा भारतबाट फर्किएका कञ्चनपुरका ४१ वर्षका पुरुष र अर्का २१ वर्षीय युवक रहेका छन् । त्यस्तै यस अघि कैलालीमा संक्रमण देखिएका एक पुरुषको ३४ वर्षीया महिला आफन्तमा पनि कोरोना पुष्टि भएको जनाइएको छ । उनी संक्रमित पुरुषको भाउजू भएको खुलेको छ ।

हाल तीनै जना सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि जनाइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्थ्या सामान्य रहेको छ । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।

यस अघि नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको नदेखिएकोमा यस पटक भने देश भित्रै मानव देखि मानव संक्रमण पुष्टि भएको छ ।

 

थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो। अब लकडाउन चैत २५ गते मध्यराति १२ बजेसम्म कायम हुनेछ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

त्यस्तै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध गत आइतवारको मध्यरातीबाट लागू भएको थियो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरेको छ । गएराती मात्रै चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिवनध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर विमान ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ ।

नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित फेला

 

नेपालमा कोरोना संक्रमितको संख्या पाच पुगेको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी जानकारी दिएका हुन् ।

गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही विमानमा सवाररत बागलुङकी ती युवतीको बागलुङ स्थित धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

कोरोना संक्रमणको आशंकामा गण्डकी प्रदेशका विभिन्न स्थानबाट संकलित १७ जनाको स्वाब परीक्षणमा पहिलोपटक बागलुङकी युवतीमा कोरोना भाइरस पुष्टि भएको जानकारी आएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले बताए ।

प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये अन्य १४ जनामा कोरोना नरहेको पाइएको र २ जनाको रिपोर्ट आउन बाँकी रहेको शर्माले पोखरा न्यूजलाई बताए ।

यससँगै नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट संक्रमितको संख्या पाँच पुगेको छ । उनीहरू मध्ये एकजना निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

लोकप्रिय गायिका मेलिना राईको गीत ‘पूर्वदेखि पश्चिमसम्म’ सार्वजनिक

काठमाडौँ,फागुन २५ गते ।
लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत रोमान्टिक डान्सिङ फ्लेवरको छ र भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । राजेन्द्र पाण्डेको छायाँकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्र्रो गीतको राम्रो भिडियो लिएर स्रोतारदर्शकमाझ आएका छौ, हाम्रा अघिल्ला भिडियोहरु जस्तै यो भिडियोले पनि स्रोतारदर्शकको मन जित्नेमा आशावादी रहेका छौं’, निर्देशक कृष्णले भने ।

गायक प्रकाश सपुतको प्रमुख भूमिका रहेको चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त

 

काठमाडौं,फागुन १० ।
चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो ।

कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी(२’ को शुभमुहूर्त सम्पन्न गरेका हुन् । ‘गोर्खा पल्टन’देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरेका अनुसार यस अघिका चलचित्रहरुको मुहूर्त पश्चात दक्षिणकालीमा पनि यसैगरी पूजा गरिंदै आएको थियो । ‘परदेशी–२’ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो । यसअघि यस व्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भईसकेका छन् ।

‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथा–व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छटपटी भईरहेको बताउँदै ‘परदेशी(२’ यस्तै धेरै कथाहरु मध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराए । ‘हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौं र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका छौं ।’ रायमाझी भन्छन् ।

उनका अनुसार ‘परदेशी-२’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो । नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनको कथा हो । बाध्यता या रहरले बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो । अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिङ्गो देशको यादले सताएको कथा हो ।

नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन’मा लाहुरे परिवारको बैभवताभित्रको कहालीलाग्दा पीडाहरुलाई यथार्थ रुपमा उजागर पारिएको थियो । जसको कथावस्तु र प्रस्तुति त सशक्त थियो नै, सङ्गीत पक्ष पनि सबल रहेकोले चलचित्र ऐतिहासिक रुपमा सफल भएको थियो । चलचित्रको लोकप्रियता यसरी चुलियो कि चालु रहेका हलले दर्शकको मागलाई धान्न नसकेपछि धेरै ठाउँमा बर्षौंदेखि बन्द रहेका सिनेमा हल पुनः सञ्चालनमा आएका थिए भने मुश्किलले १–२ शो मात्र चलिरहेका कतिपय हलमा चार शोसम्म चलेको थियो ।

यसैगरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी’ले भारतीय नाकाबन्दीका बाबजुद, अझ भनौं अधिकांश नेपालीहरुको चुलोमा आगो बल्न बन्द भएको अवस्थामा पनि अकल्पनीय सफलता हासिल गरेको थियो । दर्शकमा चलचित्र हेर्ने व्यग्रता यस्तो आश्चर्यलाग्दो थियो कि १ पहिलो दिन १२ बजेदेखि शो राखिएको भएपनि बिहानैदेखि दर्शक लाइनमा बसेपछि बाध्य भएर प्राविधिक प्रक्रिया पुर्‍याई शो चालु गर्नु परेको थियो । सङ्ख्यात्मक हिसाबले थोरै चलचित्र भएपनि गुणात्मक कामको कारणले गर्दा ठूलो लोकप्रियता हासिल गरेका रायमाझीको ‘परदेशी २’ लाई सिङ्गो सिने नगरीले यतिबेला निक्कै चासोको साथमा नियालिरहेको छ । विगतको ख्याति र दर्शकको उच्च अपेक्षाबीच रायमाझीको यो यात्रा निक्कै संवेदनशील लाग्दछ ।

चलचित्रका निर्माता राजेश वंशल भन्छन् ‘परदेशी २, के गाउँ के शहर घर घरको कथा हो । परदेशले नेपालीहरुलाई सुख र सम्मृद्धि मात्र दिएको छैन, त्यसभित्र पनि अनेक प्रकारका पीडाहरु छन् । यही सुख दुःख, सफलताअसफलता र त्यससँग जोडिएको उतारचढावको कथा नै ‘परदेशी २’ हो । स्क्रिप्टमा नारायण दाइले पाँच बर्ष मेहेनत गर्नुभएको छ । गोर्खा पल्टन र परदेशी जस्तै यो चलचित्रले पनि दर्शकको अपार माया पाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी- २’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ ।

प्रसिद्ध गीतकार समेत रहेका रमेश बि। जी।को कथा प्रसिद्ध गीतकार समेत रहेका रमेश बि.जी.को कथा रपटकथा, निर्देशक रायमाझीको पटकथा र संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन् ।

चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्ने छन् । पोखरा, पाल्पा, काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाङ्कन हुने यो चलचित्रको लगभग दुई महिनामा सम्पूर्ण छायाङ्कन सकिने अनुमान गरिएको छ ।

वसन्ताको ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गित सार्वजनिक ( भिडियो )

काठमाडौं,फागुन ६ ।
गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा.’ सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो ।

वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो ।

डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् ।

गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकड् गरिएको हो ।