Rajan Saud

राजन साउद गोर्खाली आवाजका संस्थापक अध्यक्ष हुन् ।

थप आज नेपालमा ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

१२ असार , काठमाडौं ।
थप आज नेपालमा ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लाहरुमा गरी ५९३ जनामा का्रोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज नयाँ कोरेना संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिएका छन । नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८जना डिस्चार्ज भएको प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिएका छन ।
यो सँगै कोरोना निको भएर घर फर्किनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता गौतमले ती महिलाको नाम ठेगाना नखुलेको जानकारी दिए । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ५ द्धारा २२ लाख २८ हजारको राहत वितरण

 

 

सरिता तामाङ्ग, पोखरा ।
राहत वितरण सार्वजनिकिकरणको लागि आज पत्रकार सम्मेलनको आयोजना गर्दै यस वडाले विभिन्न संघसंस्था, व्यक्तिहरुले सहयोग गरेको राहत प्याकेजको विवरण सार्वजनिक गरेको छ । उक्त वडाका वडा अध्यक्ष धन बहादुर नेपालीले महानगरपालिकाले राहतकोष स्थापना गरेसंगै आफ्नो वडाले राहत प्याकेज स्वरुप दाल, चामल, नुन, तेल गरेर जम्मा १ हजार ३ सय ५८ (फुल प्याकेज ३०१ र आधा प्याकेज १,०५७)परिवारलाई राहत उपलब्ध गराएको जानकारी दिएका छन् ।

विश्वव्यापी महामारीको रुपमा संसारका धेरै देशमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वका धेरै देशहरु अझैपनि लकडाउनको अवस्थामा रहेको छ । यो विकराल परिस्थितिको सामना हाम्रो देश नेपालले पनि गरिरहेको छ ।यो भाइरसको संक्रमण फैलिन नदिन, यसको रोकथाम र नियन्त्रणको लागि भनेर सरकारले देशमा लकडाउन जारी राखेको छ ।
नेपालका सातै स्थानीय तह शुरुवातदेखिनै संक्रमण विरुद्ध लडिरहेका छन् । जस अन्र्तगत नेपाल सरकार गण्डकी प्रदेश स्थानीय तह पनि यस अवधिमा संक्रमण विरुद्ध लडिरहेको छन् । यो विकराल परिस्थितिमा कुनै पनि जनताले भोकै बस्न नपरोस भनेर पोखरा महानगरपालिकाको कोरोना नियन्त्रण रोकथाम व्यवस्थापन समिति र राहतकोष स्थापना भएको थियो ।

राहतकोष स्थापना भए लगतै पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुबाट असहाय, अति विपन्न, दैनिक ज्यालामज्दुरी गर्ने स्थायी र अस्थायी बसोबास गर्दै आएका नागरिकहरुलाई राहत व्यवस्था समेत गरिरहेको छ । पोखरा महानगरपालिकाको सोही राहतकोषबाट वडा नं। ५ ले समेत व्यवस्थापन समिति गठन गरि सर्वदलिय बैठक र टोल विकास संस्थाहरुविच बैठक भेला गर्दै लकडाउन अवधिभर वडामा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएका अशक्त, असहाय, अति विपन्नको साथै दैनिक ज्यालामज्दुरी गर्ने नागरिकलाई राहत व्यवस्थानपन गरिरहेको छ ।

त्यस्तै प्याकेजिङ्ग खाना ५ हजार ३ सय छाक, ३ जना बालबालिकालाई लुम्ले बालविकास केन्द्रमा व्यवस्थापन गरिएको, विदेशबाट आएका १४ जना नागरिकको र्यापिड टेष्ट, अपाङ्गता, विमारी, घर आगलागी भएका, मृत्यु संस्कारमा रहेका १४ परिवारलाई वडा समितिबाट विपद् व्यवस्थापन अन्र्तगत आर्थिक रु २७ हजार सहयोग गरेको पनि बताएका छन् ।

पोखरा महानगरपालिकाबाट सुत्केरी पोषण राहत २० जनालाई उपलब्ध गराएको पनि अध्यक्ष नेपालीले बताएका छन् । यस्तै लकडाउन अवधिमा कामबाट अस्थायी रोजगार सृजना गरि सो वापत रु ६५ हजार ज्याला भुक्तानी भएको र सो आर्थिक सहयोग संकलन स्थानिय टोल विकास संस्थाबाट भएको समेत जनाएको छ ।

राहत वितरण व्यवस्थापन खर्च भनेर पोखरा महानगरपालिकाबाट प्राप्त रु ५० हजार खर्च भएको पनि जानकारी दिएका छन् । हालसम्म राहत खाद्य सामाग्री, राहत नगद रकम, राहत औषधी र राहत धरभाडा गरी विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोग गरेर जम्मा रु २२ लाख २८ हजार ०२१ खर्च भएको पनि राहत वितरण सार्वजनिकिकरण कार्यक्रममार्फत जानकारी दिएका छन्।

यसैबीच अध्यक्ष नेपालीले अब काम गर्न सक्नेलाई कामको व्यवस्था गर्ने र काम गर्न नसक्ने अपाङ्ग, विरामी र अशक्तहरुलाई भने रेकर्ड लिई राहत वितरण गर्ने तर्फ आफुहरुको ध्यान केन्द्रित रहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

थप ७ जना कोरोना संक्रमित भेटीए,संक्रमितको संख्या ४ सय ३४ पुग्यो

 

काठमाडौं ।
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ ।

प्रदेश कार्यालयका अनुसार पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ भने आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।