पोखरा महानगरपालिका वडा नं. ५ द्धारा २२ लाख २८ हजारको राहत वितरण

 

 

सरिता तामाङ्ग, पोखरा ।
राहत वितरण सार्वजनिकिकरणको लागि आज पत्रकार सम्मेलनको आयोजना गर्दै यस वडाले विभिन्न संघसंस्था, व्यक्तिहरुले सहयोग गरेको राहत प्याकेजको विवरण सार्वजनिक गरेको छ । उक्त वडाका वडा अध्यक्ष धन बहादुर नेपालीले महानगरपालिकाले राहतकोष स्थापना गरेसंगै आफ्नो वडाले राहत प्याकेज स्वरुप दाल, चामल, नुन, तेल गरेर जम्मा १ हजार ३ सय ५८ (फुल प्याकेज ३०१ र आधा प्याकेज १,०५७)परिवारलाई राहत उपलब्ध गराएको जानकारी दिएका छन् ।

विश्वव्यापी महामारीको रुपमा संसारका धेरै देशमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वका धेरै देशहरु अझैपनि लकडाउनको अवस्थामा रहेको छ । यो विकराल परिस्थितिको सामना हाम्रो देश नेपालले पनि गरिरहेको छ ।यो भाइरसको संक्रमण फैलिन नदिन, यसको रोकथाम र नियन्त्रणको लागि भनेर सरकारले देशमा लकडाउन जारी राखेको छ ।
नेपालका सातै स्थानीय तह शुरुवातदेखिनै संक्रमण विरुद्ध लडिरहेका छन् । जस अन्र्तगत नेपाल सरकार गण्डकी प्रदेश स्थानीय तह पनि यस अवधिमा संक्रमण विरुद्ध लडिरहेको छन् । यो विकराल परिस्थितिमा कुनै पनि जनताले भोकै बस्न नपरोस भनेर पोखरा महानगरपालिकाको कोरोना नियन्त्रण रोकथाम व्यवस्थापन समिति र राहतकोष स्थापना भएको थियो ।

राहतकोष स्थापना भए लगतै पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुबाट असहाय, अति विपन्न, दैनिक ज्यालामज्दुरी गर्ने स्थायी र अस्थायी बसोबास गर्दै आएका नागरिकहरुलाई राहत व्यवस्था समेत गरिरहेको छ । पोखरा महानगरपालिकाको सोही राहतकोषबाट वडा नं। ५ ले समेत व्यवस्थापन समिति गठन गरि सर्वदलिय बैठक र टोल विकास संस्थाहरुविच बैठक भेला गर्दै लकडाउन अवधिभर वडामा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएका अशक्त, असहाय, अति विपन्नको साथै दैनिक ज्यालामज्दुरी गर्ने नागरिकलाई राहत व्यवस्थानपन गरिरहेको छ ।

त्यस्तै प्याकेजिङ्ग खाना ५ हजार ३ सय छाक, ३ जना बालबालिकालाई लुम्ले बालविकास केन्द्रमा व्यवस्थापन गरिएको, विदेशबाट आएका १४ जना नागरिकको र्यापिड टेष्ट, अपाङ्गता, विमारी, घर आगलागी भएका, मृत्यु संस्कारमा रहेका १४ परिवारलाई वडा समितिबाट विपद् व्यवस्थापन अन्र्तगत आर्थिक रु २७ हजार सहयोग गरेको पनि बताएका छन् ।

पोखरा महानगरपालिकाबाट सुत्केरी पोषण राहत २० जनालाई उपलब्ध गराएको पनि अध्यक्ष नेपालीले बताएका छन् । यस्तै लकडाउन अवधिमा कामबाट अस्थायी रोजगार सृजना गरि सो वापत रु ६५ हजार ज्याला भुक्तानी भएको र सो आर्थिक सहयोग संकलन स्थानिय टोल विकास संस्थाबाट भएको समेत जनाएको छ ।

राहत वितरण व्यवस्थापन खर्च भनेर पोखरा महानगरपालिकाबाट प्राप्त रु ५० हजार खर्च भएको पनि जानकारी दिएका छन् । हालसम्म राहत खाद्य सामाग्री, राहत नगद रकम, राहत औषधी र राहत धरभाडा गरी विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोग गरेर जम्मा रु २२ लाख २८ हजार ०२१ खर्च भएको पनि राहत वितरण सार्वजनिकिकरण कार्यक्रममार्फत जानकारी दिएका छन्।

यसैबीच अध्यक्ष नेपालीले अब काम गर्न सक्नेलाई कामको व्यवस्था गर्ने र काम गर्न नसक्ने अपाङ्ग, विरामी र अशक्तहरुलाई भने रेकर्ड लिई राहत वितरण गर्ने तर्फ आफुहरुको ध्यान केन्द्रित रहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *