थप ७ जना कोरोना संक्रमित भेटीए,संक्रमितको संख्या ४ सय ३४ पुग्यो
काठमाडौं ।
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।
प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ ।
प्रदेश कार्यालयका अनुसार पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ भने आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।