अछामको आईसुलेशनमा भर्ना गरिएकी एक महिलाको रहस्यमय मृत्यु

१८ बैशाख, अछाम ।
जिल्ला अस्पताल अछामको आईसुलेशनमा भर्ना गरिएकी एक महिलाको मृत्यु भएको छ ।

कोरोना आशंखामा बैशाख १५ गते आईसुलेशन वार्डमा भर्ना गरिएकी मंगलसेन नगरपालिकाका ५१ बर्षिय महिलाको आज बिहान रहस्यमय मृत्यु भएको हो ।

कोरोनाभाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आईसुलेशन वार्डमा उपचार सुरु गरिएको जिल्ला अस्पतालका डाक्टर शरदचन्द्र बरालले बताउनु भयो । यसअघि जिल्ला अस्पतालमा आरडिट परिक्षण गर्दा उनको नेगेट्भि रिपोर्ट आएको डाक्टर बरालले बताउनु भयो ।

साथै उनको स्वाब संकलन गरि सुर्खेत पठाईएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताउनु भयो ।

उनका अनुसार आज नै पिसिआर चेक जाँचका लागि स्वाब सुर्खेत पठाई सकिएकाले भोलिसम्म रिपोर्ट आईपुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *