सुदुरपश्चिममा मात्र कोरोना संक्रमितको संख्या चार पुग्यो,

काठमाडौं,चैत २२ गते ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिममा भारतबाट आएका तिन जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

संक्रमित हुनेमा भारतबाट फर्किएका कञ्चनपुरका ४१ वर्षका पुरुष र अर्का २१ वर्षीय युवक रहेका छन् । त्यस्तै यस अघि कैलालीमा संक्रमण देखिएका एक पुरुषको ३४ वर्षीया महिला आफन्तमा पनि कोरोना पुष्टि भएको जनाइएको छ । उनी संक्रमित पुरुषको भाउजू भएको खुलेको छ ।

हाल तीनै जना सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि जनाइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्थ्या सामान्य रहेको छ । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।

यस अघि नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको नदेखिएकोमा यस पटक भने देश भित्रै मानव देखि मानव संक्रमण पुष्टि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *